नेपाल ल क्याम्पसमा भएको स्ववियु निर्वाचनको मतगणनामा अनेरास्ववियुका समिर रिजालले अग्रता बनाएका छन् ।
मतगणनाको ताजा विवरणअनुसार ६ सेटको गणना हुँदा सभापतिका उम्मेदवार रिजालले ४२६ मत प्राप्त गरेका छन्, जबकि माजिद प्रवेजले ३७६ मत पाएका हुन् ।
यसैगरी, सचिव पदमा नेविसंघका मनमोहन भट्टले ३९१ मतका साथ अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी ओम प्रकाश सुनारले पनि ३९१ मत नै प्राप्त गरेका छन् ।
त्यस्तै, कोषाध्यक्ष पदमा नेविसंघकी विधिशा मिश्राले ४२९ मतसहित अग्रता लिएकी छन्, भने आशुतोष कुमार गुप्ताले ३८० मत प्राप्त गरेका छन् ।