१९ असार २०८३, शुक्रबार

१० किलो मल पाउन संघर्ष, आफन्त र पार्टी कार्यकर्तालाई जनप्रतिनिधिको प्राथमिकता !

बैशाख १४, २०८२
विराटनगर
१० किलो मल पाउन संघर्ष, आफन्त र पार्टी कार्यकर्तालाई जनप्रतिनिधिको प्राथमिकता !

शनिबार बिहान ६ बज्दा नबज्दै मोरङको बेलबारी-२ को लालभित्ति चोकमा रहेको ‘लाक्पा सर’को पसल हेर्नेको भिड लाग्यो । उनको पसल खुलेको थिएन । लाक्पा भोटिया सरकारी कर्मचारी हुन् । 

उनले लालभित्ति चोकमै कृषिको बिउ बिजजन तथा किटनाशक औषधिको पसल राखेका छन् । उनको पसल जाने बाटो निर्माणधीन अवस्थामा रहेकाले बन्द छ ।

पूर्वपश्चिम राजमार्गबाट नै उनको पसल हेरेर बस्नेको संख्या झन्डै एक सय जना पुगेको थियो । ७ बजे आसपास लाक्पा र उनकी श्रीमती रिनेम भेला भएका स्थानीयलाई नमस्कार गर्दै त्यही भिडमा आए । लाक्पा दम्पतीलाई त्यहाँ भेला भएकाहरूले ‘देउता’जस्तै सम्मान गरिरहेका थिए ।

बिहानै त्यसरी जम्मा भएको भिड रासायनिक मलका लागि थियो । भेला भएकालाई ‘मल आइपुग्ने बेला भयो’ भन्दै लाक्पा दम्पतीले लाइनमा बस्न अह्राए । लाइनमा युवायुवतीदेखि वृद्धसम्म थिए । 

स्थानीय किसानहरूले १० किलोग्राम रासायनिक मलका लागि तीन दिनसम्म प्रतीक्षा गर्नुपरेको गुनासो गरेका छन् । १० किलो मल प्राप्त गर्न नेताको सोर्स लगाउनु परेको मल लिन आएका प्रेम राईको दु:खेसो थियो । ६५/७० वर्षका जस्ता देखिने राईले स्थानीय नेताहरूलाई मल भनिदिन आग्रह गरेको बताए ।

‘शुक्रबार मल आउँछ भन्ने हल्ला थियो’, उनले भने ‘अनि, कुपन बनाउनु पर्‍यो भनेर बिहीबार वडामा गएँ । त्यहाँ भोलि आउनु भनेर बोलाए । शुक्रबार वडाबाट एउटा कागजको टुक्रा लिएर आएँ । शनिबार भने बल्लतल्ल मल पाइयो ।’

null

मल प्राप्त गर्नुअघि वडा कार्यालयबाट कुपन लिनुपर्ने बाध्यात्मक प्रावधानले प्रक्रिया झन् जटिल बनाएको स्थानीयले गुनासो गरेका छन् । वडाका जनप्रतिनिधिहरूले पार्टी कार्यकर्ता र आफन्तहरूलाई प्राथमिकता दिने गरेको उनीहरूको गुनासो छ ।

तराईको उखरमाउलो गर्मिमा लाइनमा बसेका आक्रोशित किसानहरू ‘२०८४ को चुनावमा देखाइदिने’ भन्दै आक्रोश पोखिरहेका थिए । 

वार्षिक रूपमा दोहोरिने यो समस्याले किसानहरूको उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने अगुवा किसानहरू बताउँछन् । १० किलो मल लिनका लागि पनि समूह खडा गर्दा झन् समस्या भएको स्थानीय सर्मिला खरेलले बताइन् । 

‘वडाले १०/१० किलोको कुपन दिएको थियो । ५ जना मिलेपछि मात्रै एक बोरा मल पाइयो । यस्तो दु:ख यसभन्दा अगाडि भोग्नु परेको थिएन’, उनले भनिन् ।

मकै,चैते धान,उखु लगायतका बालीलाई यतिबेला मल चाहिएको छ । तर, किसानले भने चाहिएको बेलामा मल नपाउने अवस्था छ । मकैमा धान चमरा आइसक्दा पनि चाहिएजति मल नपाएको किसानको गुनासो छ ।

null

‘मकैको घोगा लाग्ने बेलामा मल लगाउनुपर्छ’, बेलबारी-२ कै तिलकबहादुर खत्रीले भने, ‘चिनी दिए जसरी मल दिन्छन् अनि कसरी बाली उत्पादन हुन्छ ? मल लिन पनि युद्ध जिते जस्तै हुन थालेको छ ।’

मल वितरण प्रणालीमा देखिएका अव्यवस्थाले आमकिसान पीडित बनेका छन् । समयमा मल नपाउँदा बालीको उत्पादकत्व मात्र घट्ने होइन, किसानहरू कृषि पेसाबाटै विमुख हुने अवस्था आउने उनीहरूको चिन्ता छ । 

salt training

कमेन्ट गर्नुहोस्