१४ असार २०८३, आइतबार

सुर्खेतबाट थानीको गर्जनः मुख मिठ्याएको वाम गठबन्धनले बाक्सा खोलेपछि पत्तो पाउँछ [भिडियोसहित]

सुर्खेतबाट थानीको गर्जनः मुख मिठ्याएको वाम गठबन्धनले बाक्सा खोलेपछि पत्तो पाउँछ [भिडियोसहित]

सुर्खेत, १४ मंसिर – सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका हृदयराम थानीले एमाले र माओवादी कार्यकर्ता तहमा एक नभएका बताएका छन् । 

थानीले एमाले र माओवादी वास्तविक रुपमा नमिलेर मिलेजस्तो गरेको बताएका हुन् । उनले केन्द्रमा स्वार्थका लागि केपी ओली पुष्पकमल दाहाल प्रचण्ड मिलेको भएपनि कार्यकर्ता तहमा एमाले र माओवादी नमिलेको दाबी गरे । 

‘एमाले र माओवादी मिलेको हो कि चिलेको कसलाई के थाहा ?,’ उनले भने, ‘केपी ओली र प्रचण्ड मिल्दैमा कांग्रेसलाई केही फरक पर्दैन, हामीले राम्रो काम गरेका छौं, चुनाव जित्छौं ।’ उनले एमाले र माओवादी मिलेकाले चुनाव जितिन्छ भनेर मुख नमिठ्याउन वाम गठवन्धनका उम्मेदवारलाई चुनौती दिएका छन् । 

‘उनीहरुले अहिले मुख मिठ्याएर के हुन्छ ? वास्तविकता के हो भन्ने कुरा २१ गते साँझ बाक्सा खोलेपछि थाहा हुन्छ नि ।’ उनले भने ।

अघिल्लो पटक आफूले यसै क्षेत्रबाट ८ हजार मत अन्तरले चुनाव जितेकोले यसपाली पनि सुर्खेतमा आफूले चुनाव जित्ने उनले दाबी गरे । 

उनले आफूले निरन्तर जनताको पक्षमा राम्रा कामहरु गरिरहेकोले ओली र प्रचण्ड मिल्दैमा केही फरक नपर्ने बताए ।

आफूले मन्त्री हुँदा पनि ४ वर्षदेखि बन्न नसकेको सहकारी ऐन बनाएर देखाइदिएको समेत बताए ।

जिल्ला तहमा पनि नेपालगञ्जदेखि सुर्खेतसम्मको बाटो कांग्रेसले विश्व बैंकको जिम्मा लगाएको, विद्यतु स्टेशन बनाएको, पहाडमा बाटाघाटाहरु बनाएको समेत उनले बताए ।

उनले बाढीपीडितलाई समेत भूकम्पपीडित सरह सुविधा पाउने गरि आफूले व्यवस्था मिलाएको बताए । सुर्खेतमा वाम गठबन्धले कांग्रेसलाई आच्चु आच्चु पारेको भन्ने कुरा पनि गलत भएको उनले बताए । ‘आच्छु आच्छु त साथीहरु पर्नुभएको छ, हामीले निरन्तर जनताका पक्षमा काम गरिरहेका छौं ।’ उनले भने । 

सुर्खुेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट हृदयराम थानी तथा वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका नवराज रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्