२९ जेठ २०८३, शुक्रबार

नोरा फतेहीलाई नेपाल ल्याइँदै, दुर्गेशसहितका नेपाली कलाकारको पनि प्रस्तुति रहने

बैशाख १८, २०८२
काठमाडौं
नोरा फतेहीलाई नेपाल ल्याइँदै, दुर्गेशसहितका नेपाली कलाकारको पनि प्रस्तुति रहने

काठमाडौंमा ‘नोरा फतेही लाइभ इन नेपाल’ हुने भएको छ । 

यही जेठ ३ गते हायात होटलको ग्राउण्डमा कार्यक्रम हुन लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए । 

बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरालाई नेपाल ल्याउन झन्डै ३ करोड खर्च भएको आयोजकले जनाएको छ । नोरासँगै १६ कोरस डान्सर आउन लागेको हुनाले खर्च धेरै हुन लागेको आयोजकले जनाएको छ ।

वर्ल्ड वाइड फिल्मस नेटवर्क प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘नोरा फतेही लाइभ इन नेपाल’मा तेरिया मगर, दुर्गेश थापा, द भ्वाइस अफ नेपालका इन्द्रकला राई लगायत ५ जनाको प्रस्तुति रहनेछ । 

आयोजकले यो लाइभ शोबाट उठेको रकम अनाथ बालबालिकालाई पढाइमा मद्दत गरिरहेको ह्युमन रेस्पेक्ट नेपाललाई दिने बताएका छन् ।

‘दिलबर दिलबर‘, ‘कुसु कुसु’, ’ओ साकी साकी’, ‘नाच मेरी रानी नाच’जस्ता चर्चित गीतमा नोराले नृत्य गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्