सरकारले काम सम्पन्न गर्न नसकिने र त्रुटिपूर्ण परियोजनाहरू खारेज गर्ने भएको छ ।
शुक्रबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्रुटिपूर्ण परियोजनाहरू खारेज गर्ने घोषणा गरेका हुन् ।
‘सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजनाहरू खारेजसमेत गर्ने,' उनले भने ।
विगतमा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने र परियोजनालाई वर्गीकरण गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने उनले जानकारी दिए ।