०३ असार २०८३, बुधबार
नीति तथा कार्यक्रम

विद्यालय शिक्षा विधेयक चालू अधिवेशनबाटै पारित गरिने

बैशाख १९, २०८२
काठमाडौं
विद्यालय शिक्षा विधेयक चालू अधिवेशनबाटै पारित गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसद्को चालू बजेट अधिवेशनबाटै पारित हुने बताएका छन् ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् । 

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ,’ पौडेलले भने । 

सरकारले केही गत बुधबार शिक्षक महासंघसँग वार्ता गर्दै असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने समझदारी गरेको थियो । सोही समझदारीपछि शिक्षकहरूले २९ दिनदेखिको आन्दोलन टुंग्याएका थिए । 

सरकारले नीति कार्यक्रममा विद्यालय शिक्षाको शासकीय सुधारको लागि दीर्घकालीन मार्गचित्र तयार गर्ने पनि जनाएको छ । त्यस्तै, शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाइने कार्यक्रम पनि समेटिएको छ ।

नीति कार्यक्रममा सरकारी र निजी शैक्षिक संस्थाहरूको पाठ्यक्रममा एकरूपता ल्याउने घोषणा पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्