१९ असार २०८३, शुक्रबार

कुलमानका पालामा पनि भएको थियो अहिलेजस्तै विद्युतको समस्या, बनेको थियो समिति

बैशाख २३, २०८२
काठमाडौं
कुलमानका पालामा पनि भएको थियो अहिलेजस्तै विद्युतको समस्या, बनेको थियो समिति

पछिल्ला केही दिनमा विद्युत वितरण प्रणालीमा समस्या देखिएपछि प्राधिकरणमाथि प्रश्न उठाएको छ । प्राधिकरणको नयाँ नेतृत्वलाई जोडेर प्रश्न उठाउने गरिएको छ । 

तर, प्राधिकरणले यो पुरानै समस्या रहेको र हाल समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पालामा विद्युतको समस्या नरहेको भन्दै उनका समर्थकहरूले वर्तमान नेतृत्वप्रति प्रश्न उठाइरहेका छन् । 

तर, प्राधिकरणका नयाँ नेतृत्व आएसँगै लोडसेडिङको समस्या देखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्राधिकरणले पुरानो पत्र सार्वजनिक गरेको छ । जतिबेला प्राधिकरणको नेतृत्वमा घिसिङ थिए । बेलाबेलामा ट्रिपिङ हुने गरेको भनेर त्यतिबेला पनि प्राधिकरणको आलोचना हुने गरेको थियो । 

उक्त समस्या समाधान गर्न त्यतिबेला अध्ययन तथा राय सिफारिसका लागि समिति नै बनेको थियो । 

घिसिङले २०८० साउन २६ गते आयोजना तथा व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको पाइएको छ । 

समितिमा कार्यकारी निर्देशकको सचिवालयका निर्देशक कमल आचार्य, प्रसारण निर्देशनालयका प्रबन्धक थर्कबहादुर थापा, ईलेक्ट्रो मेकानिकल वर्कशप निर्माण आयोजनाका उपप्रबन्धक सुरज दाहाल र ग्रीड सञ्चालन विभागका इन्जिनियर करम हुसेन खान रहेका थिए । 

त्यतिबेला समस्याको अध्ययन गरी ७ दिनभित्र राय सिफारिससहितको प्रतिवेदन पेस गर्न भनिएको थियो । 

उक्त पत्रमा भनिएको छ, ‘विगत केही समयदेखि विद्युत वितरण प्रणालीमा बेला बेलामा अचानक लाइन जाने (Line Trip हुने), विद्युतको भोल्टेज स्तर अस्वाभाविक रूपमा तल/माथि (Up/Down) हुने, न्यून भोल्टेजस्तरको कारण विद्युतीय उपकरणहरू समेत नचल्ने, भरतपुर (आँपटारी) लगायतका केही स्थानका सब-स्टेशन/संरचनाहरूमा पटक-पटक समस्या आइरहने गरेको लगायतका समस्याहरू देखापर्नुको साथै गुनासोहरू समेत प्राप्त हुने गरेकोले..’, समितिका पदाधिकारीलाई दिइएको पत्रमा भनिएको छ, ‘ उल्लिखित समस्याहरूको कारण पहिचान तथा समस्या समाधानका लागि अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा अध्ययन गरि प्रतिवेदन पेस गर्न मिति २०८०/०४/२६ गतेको निर्णयानुसार देहाय बमोजिमको अध्ययन तथा राय सिफारिस कमिटी गठन गरिएको हुँदा सो सम्बन्धमा अध्ययन गरि ७ दिन भित्र राय सिफारिससहितको प्रतिवेदन पेस गर्न हुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

null

salt training

कमेन्ट गर्नुहोस्