
ज्ञानीहरूले ,बुद्धलाई गुन्छन्
मूर्खहरूले, बुद्धलाई धिक्कार्छन्
ढोंगीहरूले, बुद्धलाई सिंगार्छन्
सज्जनहरूले, बुद्धलाई सुन्दछन्
पाखण्डीहरूले, बुद्धलाई ललकार्छन्
असमझहरूले , बुद्धलाई नर्काछन्
बुद्ध आखिर बुद्ध हुन्, उनी एक ध्यानी हुन्
संसारलाई बाटो देखाउने अदभूत ज्ञानी हुन्
आखिर बुद्ध के थिए को थिए सत्य मार्ग सम्झेर
त्यागे दरबार महल राजकाज जीवन अर्थ बुझेर
बुद्ध दर्शन, चिन्तनको सिद्धान्त हो
बुद्ध ज्ञान, समाजको पथप्रर्दशक हो
बुद्धमार्ग भोग, बासना र लोभको प्रतिकूल हो
बुद्ध चित्त, शुद्ध मन र आत्माको अनुकुल हो
शुद्ध मन, असल संगत बुद्धमार्ग हो
सोच चिन्तन, मन भावना, शुद्ध कर्म हो
पञ्जशील, अष्टशील यावत बुद्धमार्ग हो
लोभ, शोक, ईर्ष्या, झुट र चिन्ता दु:खको कारण हो
दुःख आफैं हटाउने हो, बुद्धपथ लिएर
झुट लोभ हिंसा त्यागी शिल ग्रहण गरेर
वचन कर्म व्यवहार संगत ध्यान बुद्ध ज्ञान हो
नेपाल हाम्रो बुद्धभूमि विश्वमा शान हो
असल मान्छे बनौं आजै बुद्धमार्ग अपनाई
हटाऔं शोक भोग हिंसा असत्य मार्ग हटाई
व्यवहारमा बुद्ध जनाउ कर्ममा बुद्धत्व बुझेर
दैनिक जीवन अपनाउ नित्य लोभ झुट त्यागेर
जप गरौं ध्यान गरौं बस्त्र अलंकार ओढेर
बनिन्न ध्यानी बुद्धमार्गी आडम्बर जोडेर
सच्चा बुद्धिष्ट उही जो आशक्ति र लोभ त्याग्दछ
धन लोभ झुट मोह हिंसा दूर भाग्दछ
बुद्ध पूर्णिमा मनाऔं सबैले वास्तविक बुद्धज्ञान जपेर
सत्यमार्ग पञ्चशील असल संगतमा रहेर