२४ जेठ २०८३, आइतबार

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

बैशाख ३०, २०८२
काठमाडौं
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

दक्षिण कोरियामा आयोजित २६औं जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरूलाई सम्मान गरिएको छ ।

खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो ।

आयोजकका अनुसार शुरूआती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सवको अनुहार भनिन्छ ।

सो सम्मान खत्रीका साथै डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्कीलगायत डकुमेन्ट्री निर्माण टोलीलाई रातो कार्पेटले सम्मान गरिएको हो ।

महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजकका अनुसार महोत्सवमा विश्वभरबाट दुई हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू नौ हजार १४८ कथानक चलचित्रहरू र ७६ छोटा चलचित्रहरू प्रदर्शन गरिएका थिए ।

तीमध्येबाट उत्कृष्ट दुई चलचित्रलाई शुरूआत र समापनको विशेष शो प्रदान गरिएको थियो । 

दश दिन चलेको महोत्सवमा शुरूआती फिल्म राडु जुडद्वारा निर्देशित ‘कन्टिनेन्टल’ २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मशिनहरूको देशमा’ उत्कृष्ट हुँदै समापनको शो पाएको थियो ।

महोत्सव आयोजक समितिका अध्यक्ष मीन वू बेओमले हालसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्न कार्यक्रम सफल रहेको बताए ।

सम्मानबाट मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगत्‌मा बढेको कवि खत्रीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्