०२ असार २०८३, मंगलबार

दुवैलाई केटाले धोका दिएपछि दुइटा केटी मिलेर गरे विवाह, सिन्दूर पनि लगाए

बैशाख ३१, २०८२
काठमाडौं
दुवैलाई केटाले धोका दिएपछि दुइटा केटी मिलेर गरे विवाह, सिन्दूर पनि लगाए

सामान्ययता केटाकेटी/महिला-पुरुषबीच विवाह हुन्छ । तर, भारतको उत्तर प्रदेशस्थित बदायूँमा दुइटा केहीहरूले नै विहे गरेका छन् । 

सरकारी वकिलको कार्यालय नजिकै रहेको काली मन्दिर अगाडि उनीहरूले एकअर्कालाई माला लगाइदिएर विवाह गरेको दैनिक जागरणले जनाएको छ । यति मात्रै होइन, एउटा केटीले अर्की केटीलाई सिन्दूर लगाइदिएकी हुन् । 

यो अनौठो विवाह हेर्न कलेक्टरेट परिसरमा मानिसहरूको भीड जम्मा भएको थियो । धेरै वकिलहरू पनि उनीहरूलाई भेट्न आएका थिए । 

केटीहरूले पुरुष समाजमाथि विश्वास गुमाइसकेको बताएका थिए । तीमध्ये २७ वर्षीया युवती शहरकी बासिन्दा हुन् भने २८ वर्षीया युवती आलापर प्रहरी चौकी क्षेत्रकी बासिन्दा हुन् ।

उनले २७ वर्षीया युवती आफ्नो छिमेकको एक मुस्लिम युवकसँग प्रेममा थिइन् । उनी उसैसँग बिहे गर्न चाहन्थिन्। तर, एक मुस्लिम युवाले उनलाई प्रयोग गरिरहेको थियो। उनलाई लगातार विवाहको प्रलोभनमा पार्दै शोषण गरिरहेको थियो। बारम्बार अनुरोध गर्दा पनि उनले विवाह नगरेपछि केटीले उनीविरुद्ध एफआईआर दर्ता गरिन् । यो मुद्दा अदालतमा विचाराधीन छ।

त्यस्तै, २८ वर्षीया एक महिलाले आफू विवाहित भएको तर, केही दिनपछि दुई जनाबीच झगडा शुरू भएको बताउँछिन् । उनले आफ्नो परिवारका सदस्यहरूलाई पनि समस्याबारे बताएका थिए तर, कसैले पनि समाधान गर्न सकेनन् । यसै कारणले गर्दा उनले आफ्नो पतिविरुद्ध एफआईआर दर्ता गरिन् र दिल्ली गएर एउटा कम्पनीमा काम गर्न थालिन्।

शहरकी ती युवती देहरादूनको एक सुरक्षा कम्पनीमा काम गर्थिन्। उनीहरू करिब तीन महिनाअघि भेटेका थिए र विस्तारै उनीहरूबीचको निकटता बढ्दै गएको समाचारमा उल्लेख छ । यसैकारण उनीहरूले एकअर्कासँग विवाह गर्ने निर्णय गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्