०१ असार २०८३, सोमबार

एनसेलले ल्यायो ९९ रूपैयाँमा साप्ताहिक आकर्षक प्याक

जेठ ६, २०८२
काठमाडौं
एनसेलले ल्यायो ९९ रूपैयाँमा साप्ताहिक आकर्षक प्याक

सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि तीनवटा नयाँ साप्ताहिक रिन्युअल प्याक सञ्चालनमा ल्याएको छ । 

एक हप्ताका लागि ग्राहकको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याक सञ्चालनमा ल्याइएका हुन् । 

आज मंगलबारदेखि यी प्याक लागू भएका छन् । भ्वाइस प्याक अन्तर्गत ग्राहकले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित ९९ रूपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ ।

हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रूपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् । 

यसैगरी, डेटामात्र चाहने ग्राहकले १५० रूपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् ।

null

यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफैं रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याक लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले *१२३*९#  डायल गरी, एनसेल एपमार्फत् वा एनसेलका आधिकारिक खुद्रा विक्रेतामार्फत् यी प्याक लिन सक्ने कम्पनीले जनाएको छ । 

ग्राहकले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरू रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याक सञ्चालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । 

सेवाहरू निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्युअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्