१० साउन २०८३, आइतबार

बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’

जेठ ८, २०८२
काठमाडौं
बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’

बजाज मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलो पटक बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।

जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म बिर्तामोडको वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खाली जग्गामा) आयोजना हुने सो मेलामा ग्राहकले मात्र नागरिकताको आधारमा बजाजका बाइक फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रूपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुटसहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

मेची पावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलको दाबी अनुसार बिर्तामोडमा नै पहिलो पटक भइरहेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रूपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकहरूले पाउनेछन ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपूर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउनेछन् ।

वान स्टप मलअगाडि आयोजना जारी ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो ।

यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडल सजिलै किन्न सक्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्