
‘द भ्वाइस किड्स' सिजन ४ को नयाँ कोचका रूपमा गायक सत्यराज आचार्य भित्रिएका छन् ।
बिहीबारदेखि छायांकनसमेत शुरू भइसकेको चौथो सिजनको नयाँ कोचका रूपमा उनी भित्रिएका हुन् ।
भ्वाइसका निर्देशक लक्ष्मण पौड्यालले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्टर शेयर गरेका छन् ।
उक्त पोस्टरमा आचार्यका साथै खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार देखिएका छन् ।
निर्देशक पौड्यालका अनुसार चौथो सिजनमा ६ देखि १४ वर्ष उमेर समूहका नेपालसहित विदेशबाट आएका विदेशी भाषी बालबालिकाले ब्लाइन्ड अडिसनमा भाग लिँदैछन् ।
डिजिटल अडिसनबाट १०० जना छनोट हुने र तीमध्येबाट पुनः छनोटमार्फत ४८ जना सेलेक्ट हुने उनले जानकारी दिए ।
एक जना कोचको समूहमा १२ जना प्रतिस्पर्धीहरू हुनेछन् ।
