![धमाधम हुँदैछ नागढुंगा-नौबिसे सडकको स्तरोन्नति [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Nagdhunga_Naubise_17_T4NiKryBZb.jpg)
शनिबारदेखि नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरू गरिएको छ ।
शनिबारदेखि यही जेठ २५ गतेसम्म बिहानको १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरू गरिएको हो ।
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेका लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ ।
सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के-सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा-छहरे सडक प्रयोग गर्न आयोजनाले अनुरोध समेत गरेको छ ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने आयोजनाले बताएको छ ।
हेर्नुहोस् थप तस्वीर :


















