
सरकारले स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई स्वयंसेवी शिक्षक बनाउने भएको छ ।
उनीहरूलाई स्वयं सेवक शिक्षक बनाएर सामुदायिक विद्यालयमा पढाउन पठाइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयको गुणस्तर बढाउन यस्तो प्रावधान राख्न खोजेको बताए ।
प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।