
सरकारले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह प्रभावकारी बनाउने योजना अघि सारेको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रमा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गरिने जानकारी दिए।
उनका अनुसार स्वास्थ्य प्रणालीलाई आधुनिक, पहुँचयुक्त र उत्तरदायी बनाउन सेवा विस्तारसँगै प्रविधिको उपयोगलाई प्राथमिकतामा राखिएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई समेत सहज रूपमा सेवा उपलब्ध गराउने गरी संरचना र जनशक्ति विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ।