![दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिँदै [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Bungmati_3_TG0aS9eVzV.jpg)
गोरखा भूकम्पको १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिने भएको छ ।
भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो)को मन्दिर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज आइतबार रातो मचछिन्द्रनाथको भोटो जात्रापश्चात जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गराउने तयारी भइरहेको छ ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरू उत्साहित र हर्षित देखिएका छन् ।
१० वर्षपछि मछिन्द्रनाथ आफ्नै मन्दिरमा पुनर्स्थापना हुन लागेकोमा स्थानीयहरू खुसी समेत देखिएका छन् ।













