२८ जेठ २०८३, बिहीबार
नागढुंगा–नौबिसे सुरुङ मार्ग

बलम्बू फ्लाईओभरको काम लगभग सकियो, नागढुंगा सुरुङमार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ? [भिडिओ स्टोरी]

जेठ २०, २०८२
काठमाडौं

नागढुंगा–नौबिसे सुरुङ मार्गअन्तर्गत बलम्बूमा निर्माणाधीन फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको छ । कलंकी–नागढुंगा सडक खण्डअन्तर्गत चन्द्रागिरी नगरपालिकास्थित बलम्बुमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको हो । 

फ्लाईओभार निर्माणको काम करिब सम्पन्न भइसकेको छ । कालोपत्रे सकेर अहिले फिनिसिङको काम भइरहेको छ । यसका साथै सडक सुरक्षाको काम पनि भइरहेको छ । 

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको सुरुङमार्गको काम पनि सम्पन्न हुने चरणमा छ । 

सडक सुरक्षा र फिनिसिङको काम मात्रै बाँकी रहेको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजानका सिनियर डिभिजन इन्जिनियर (सीडीई)  सञ्जय नेपालले लोकान्तरलाई बताए । ‘कालोपत्रे पनि करिब सम्पन्न भइसकेको छ । अब फिनिसिङ मात्रै बाँकी हो । यसका साथै सडक सरक्षाका केही पूर्वाधारको काम भइरहेकै छ ।’

नयाँ खोलिएको पहुँच मार्गतर्फ घुमाउरो स्वरूपमा निर्माण गरिएको फ्लाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला–टोटीपाखा)को पहुँच मार्गलाई कलंकी–नागढुंगा मुख्य सडकसँग जोड्छ । 

फ्लाइओभरको लम्बाइ १२८ मिटर छ । मूल सडकबाट फ्लाइओभरमा जोडिन २८० मिटर लामो र्‍याम्प निर्माण गरिएको छ भने सुरुङ मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार पारिएको छ । निर्माण कम्पनीले आगामी कार्तिक ७ गतेसम्म हस्तान्तरण गर्ने तयारी गरेको छ । 

सन् २०२४ अप्रिल २४ मै काम सकिने भने पनि विभिन्न चरणमा घरजग्गा विवादले सुरुङमार्ग र फ्लाईओभरको काममा केही ढिलाइ भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्