२८ जेठ २०८३, बिहीबार

‘जिकर एक्स’लाई अझै सुलभ मूल्यमा उपलब्ध गराउँदै पायोनियर मोटोकर्प

जेठ २०, २०८२
काठमाडौं
‘जिकर एक्स’लाई अझै सुलभ मूल्यमा उपलब्ध गराउँदै पायोनियर मोटोकर्प

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले, कम्प्याक्ट लग्जरी एसयूभी ‘जिकर एक्स’लाई सुलभ मूल्यमा उपलब्ध गराउने भएको छ ।

नयाँ र परिमार्जित मूल्य ७४ लाख ९९ हजार कायम भएको  छ। ८४ लाख ९९ हजार बजार मूल्य रहेको जिकर एक्स, हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो । 

‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्  भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाको समेत लाभ लिन सक्नेछन् ।

जिकर एक्स प्रभावशाली २०० किलोवाट मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । 

यसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ । जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै उन्नत ‘एसईए’ प्लेटफर्ममा आधारित छ । 

यसको संरचना ७३ प्रतिशत हाइस्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत बनाउने मात्र होइन, सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्ने कम्पनीको दाबी छ । 

जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो । जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै, ग्रिन एनक्यापबाट ५-स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ ।

गिलि होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित जिकर एक्स, शहरी इलेक्ट्रिक एसयूभीको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ । यसको प्रतिस्पर्धात्मक मूल्य, सहज वित्तीय योजना र विशेष स्वामित्व सुविधाका कारण ग्राहकका लागि अहिले नै जिकर एक्स खरिद गर्ने उत्तम समय बनेको  कम्पनी बताउँछ ।

पायोनियर मोटो कर्प प्रालिले इलेक्ट्रिक गाडी खरिद गर्न चाहनेहरूलाई नजिकको शोरुममा पुगी जिकर एक्सको स्टाइलिस डिजाइन र विशेषताहरूको अनुभव गर्दै नयाँ मूल्य र योजनाको लाभ लिन आह्वान गरेको  छ । 

salt training

कमेन्ट गर्नुहोस्