२९ जेठ २०८३, शुक्रबार

दुई पुस्ताबीचको रोचक प्रेम कथामा बनेको टेली सिरियल ‘बाचा बन्धन’को ट्रेलर रिलिज [भिडियो]

जेठ २६, २०८२
काठमाडौं
दुई पुस्ताबीचको रोचक प्रेम कथामा बनेको टेली सिरियल ‘बाचा बन्धन’को ट्रेलर रिलिज [भिडियो]

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ताबीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘बाचा बन्धन’को ट्रेलर रिलिज गरिएको हो । नियतिको बन्दी बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ ।

ओएसआर डिलिटलमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा सकम्बरी नामले चिनिएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ ।

कमल बुढाथोकीको प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गरेका हुन् । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहेका छन् । 

शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्टर, आकाश मगरको गीत संगीत एरेन्ज, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन अनि लोकप्रिय गायक रामचन्द्र काफ्लेको गायन रहेको छ ।

यो टेलिसिरियल यही जेठ ३१ गते शनिबार ७ बजे ओएसआर डिजिटल युट्युवमार्फत पहिलो भाग सार्वजनिक हुने र प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शहरूले ‘बाचा बन्धन’ हेर्न सक्ने निर्माणपक्षले जनाएको छ । 

बनिरहेका अन्य टेलिसियलभन्दा उत्कृष्ट र फरक रहेको दाबी गरिएको यो सिरियलमा अन्य कलाकारहरूमा प्रेमदेव गिरि, सविन वास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि, प्रशान्त मगरलगायत दुई दर्जन नयाँ पुराना कलाकारहरू रहेका छन् । 

ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरीबाङको रमणिय दृश्यहरूमा यो टेलिसिरियल छायाकंन गरिएको छ ।


 

कमेन्ट गर्नुहोस्