१४ असार २०८३, आइतबार

सामसङ इन्स्टा फाइनान्समा सहज : नागरिकताकै भरमा लिन सकिन्छ टीभी तथा होम अप्लाएन्स

जेठ २६, २०८२
काठमाडौं
सामसङ इन्स्टा फाइनान्समा सहज : नागरिकताकै भरमा लिन सकिन्छ टीभी तथा होम अप्लाएन्स

​​सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवा लिनका लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी कम्पनीले नयाँ सुविधा घोषणा गरेको छ।

पहिले टीभीका लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ। 

अब ग्राहकहरूले नयाँ टीभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २/२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् ।

कम्पनीका अनुसार यो सेवा २०८२ जेठ १९ गतेबाट लागू भएको हो । 

३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यो सेवा ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टीभी र होम अप्लाएन्समा मात्रै लागू हुने कम्पनीको सर्त छ ।​

सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले शुरू गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो ।​ 

सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिले वितरित गरिरहेका देशभर रहेका २००+ अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्