३१ असार २०८३, बुधबार

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त

जेठ २८, २०८२
काठमाडौं
टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्ने गरी जिम्मेवारी दिएका हुन् । 

यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मास्केले निमित्तको जिम्मेवारी पाएकी हुन् । 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

मास्केले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्त भएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । 

बुधबार नै पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूप्रति मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्