२९ जेठ २०८३, शुक्रबार

कवि रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रह लोकार्पण

असार २, २०८२
काठमाडौं
कवि रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रह लोकार्पण

ओखलढुङ्गाका कवि रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले उक्त कविता कृतिको लोकार्पण गरे । 

प्राज्ञ धमलाले ‘भावनाका लहरहरू’ कृतिले बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गरे । कृति समाजका साहित्यिक, सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको धमलाले बताए ।

उनले ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी, सरल र सटीक रहेको बताए । कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए ।

कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ , दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मन्तव्य राखे । 

कवि श्रेष्ठले आफूले बालबालिकाको मनोभावना अनुसार कविता रच्ने प्रयत्न गरेको बताइन् । श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन् ।

शिक्षण पेसामा आबद्ध श्रेष्ठको यो कृति पहिलो हो ।

salt training

कमेन्ट गर्नुहोस्