१९ असार २०८३, शुक्रबार

कोहलपुर मालपोत कार्यालयमा घुस लिने खरिदारसहित ४ जनाविरुद्ध अख्तियारको मुद्दा

असार २, २०८२
काठमाडौं
कोहलपुर मालपोत कार्यालयमा घुस लिने खरिदारसहित ४ जनाविरुद्ध अख्तियारको मुद्दा

बाँकेको कोहलपुरस्थित् मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिएको आरोपमा दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार मालपोत कार्यालयको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले लेखापढी व्यवसायीमार्फत सेवाग्राहीसँग २० हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका थिए । 

उक्त रकम तिवारी रेष्टुरेन्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा खरिदार हरिचन्द्र पाण्डे, अर्का खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसायी शान्ति पुन र व्यवसायी घनश्याम तिवारीको आपसी मिलेमतोमा सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागेको प्रमाणित भएको अख्तियारले जनाएको छ ।

खरिदारद्वय पाण्डे र जिसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम बिगो २० हजार कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ । 

यस्तै, शान्ति पुन र घनश्याम तिवारीले घुस मागी सहयोग पुर्‍याएको पाइएकाले उनीहरूलाई पनि ऐनको दफा ३(२) अनुसार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्