१० साउन २०८३, आइतबार

राष्ट्रपति ट्रम्पले जी-७ शिखर सम्मेलन बीचमै छोडे

असार ३, २०८२
काठमाडौं
राष्ट्रपति ट्रम्पले जी-७ शिखर सम्मेलन बीचमै छोडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा जारी जी-७ शिखर सम्मेलन बीचमै छोडेर वाशिंगटन फर्कन लागेका छन्। ह्वाइट हाउसले सोमबार यसबारे जानकारी दिएको हो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल एक्स मा लेख्दै भनिन्, “राष्ट्रपति ट्रम्पको जी-७  मा बितेको दिन शानदार रह्यो। उनले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग एक महत्त्वपूर्ण व्यापार सम्झौतामा हस्ताक्षर गरे।”

ट्रम्प र स्टारमरबीचको भेटघाटमा अमेरिका र बेलायतबीच ट्यारिफसम्बन्धी सम्झौता सम्पन्न भएको जनाइएको छ। यस व्यापार सम्झौताले दुई देशबीचको आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

ट्रम्पको असामयिक फिर्तीबारे प्रेस सचिव लेभिटले भनेकी छन्, “हामीले धेरै उपलब्धि हासिल गरेका छौं। तर मध्यपूर्वमा भइरहेको पछिल्लो घटनाक्रमको कारण राष्ट्रपति ट्रम्प आज राति राष्ट्र प्रमुखहरूसँगको डिनरपछि अमेरिका फर्कनेछन्।”

हाल इजरायल र इरानबीचको द्वन्द्व थप चर्किँदै गएको सन्दर्भमा ट्रम्पको शीघ्र फिर्तीलाई महत्त्वका साथ हेरिएको छ। उ

salt training

कमेन्ट गर्नुहोस्