
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ ।
साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा १ करोड ६४ लाख ७७५ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन सोमबार मात्रै परिसूचक २.८० अंकले बढेर २६५८.६६ को विन्दुमा बन्द भएको थियो ।
मंगलबार उपसमूहतर्फ ४ समूहबाहेक सबै समूहको सेयर मूल्य घटेको छ । कारोबारका आधारमा आज सानिमा माई हाइड्रोपावर ७४ करोड ९६ लाख ६१ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
आज बजार पुँजीकरण ४४ खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ ।