
काठमाडौं,२१ मंसिर– आज निर्वाचन हुने जिल्लाहरुमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएराती १२ बजेदेखि यातायातका साधन चलाउन रोक लगाइएको छ । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मध्यरातीदेखि यातायातका साधन चलाउन रोक लगाइएको हो ।
गृह मन्त्रालयले सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि पास लिएका सवारी, एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।
सवारीसाधन संचालनमा रोक लगाएपछि बिहिबार विहानै देखि काठकाडौंको सडक सुनसान बनेको छ । सुरक्षा निकाय, खानेपानी,प्रेस,एम्बुलेन्स फाट्टफुट्ट सडकमा देखिए पनि राजधानीको अधिकांस सडक सुनसान छ । ट्राफिक प्रहरीले राजधानीको विभिन्न ठाउँमा सवारी साधनको चेकजाँचलाई कडाइ गरेको छ । [तस्वीरमा हेर्नुस् निर्वाचनको दिन सुनसान काठमाडौं । }








