२३ जेठ २०८३, शनिबार

बेलको पातमा लुकेका छन् अचम्मका गुण, अध्ययनबाट भयो खुलासा

असार ४, २०८२
काठमाडौं
बेलको पातमा लुकेका छन् अचम्मका गुण, अध्ययनबाट भयो खुलासा

बेल एउटा पवित्र तथा औषधीय वृक्ष हो, जसको प्रयोग आयुर्वेदमा थुप्रै रोगको उपचारमा गरिन्छ। 

यसको फल, पात, जरा र डाँठ सबैमा औषधीय गुणहरू पाइन्छन्। बेलको उपयोग पाचन सुधार, रोग प्रतिरोधात्मक क्षमता बढाउने, योग अभ्यासमा सहायता पुर्‍याउने र रक्तमा चिनीको मात्रा नियन्त्रण गर्नका लागि गरिन्छ।

जर्नल अफ हर्बल मेडिसिनमा प्रकाशित अध्ययनअनुसार बेलको पातले कोलेस्ट्रोल कम गर्न र हृदयको स्वास्थ्यका लागि लाभ पुर्‍याउन सक्छ।

बक्सरका डा. अरुण कुमारको नेतृत्वमा वैज्ञानिकहरूको एक टोलीले मुसामा स्तन क्यान्सरको मोडलमा बेलको फल परीक्षण गर्दा ट्युमरको आकार ७९ प्रतिशतसम्म घटाएको पाइयो।

उत्तर प्रदेशका वैज्ञानिकहरूले बेलको पातबारे गरेको अध्ययनले देखाएको छ कि यसले दम, डायरिया, इन्सुलिनको मात्रा सन्तुलन, कपाल बलियो पार्न तथा आमाको दूधको गुणस्तर सुधार गर्नमा मद्दत पुर्‍याउँछ। 

बेलपात्रमा भिटामिन ए, सी, बी६ का साथै क्याल्सियम, फाइबर, पोटासियम आदि पनि प्रशस्त मात्रामा पाइन्छ। साथै, यसमा एन्टिअक्सिडेन्टसमेत हुन्छन्।

खाली पेट बेलको पात खाँदा:
मधुमेह (डायबेटिज) नियन्त्रणमा रहन्छ । रक्तचाप सन्तुलित हुन्छ । संक्रमणको जोखिम घट्छ।

जसलाई अपच, पेट जलन, कच्ची डकार जस्ता पाचनसम्बन्धी समस्या छ, तिनका लागि बेलको पात लाभदायक हुन सक्छ। 

यसमा भएको फाइबर पेटको लागि उपयोगी हुन्छ। बिहान खाली पेट बेलको पात चपाउँदा पेटका धेरै समस्या हट्न सक्छन्।

यद्यपि, मधुमेह पूर्ण रूपमा ठीक नहुने रोग भए पनि यसलाई नियन्त्रणमा राखेर यसबाट हुने समस्या कम गर्न सकिन्छ। 

बेलको पात नियमित रूपमा सेवन गर्न सकेमा रक्तमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत पुग्छ। मौसम अनुसार यसको सेवन गर्नु उचित हुन्छ, विशेष गरी जाडोमा दिनको एउटा भन्दा बढी बेलको पात नखान वैज्ञानिकहरूले सुझाव दिएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्