०७ साउन २०८३, बिहीबार

इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन

असार ९, २०८२
काठमाडौं
इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन

अष्ट्रेलियाले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी आक्रमणको समर्थन गरेका हुन् ।

तर, उनलेसबै पक्षहरूलाई पुनः वार्ता शुरू गर्न पनि आग्रह गरेका छन् । ‘हामी कुनै पनि किसिमको युद्ध वा ठूलो स्तरको द्वन्द्व चाहँदैनौं,’ उनले भने, 'हामी निरन्तर संवाद र कूटनीतिक पहलको माग गरिरहेका छौं ।’

एल्बनीजले क्षेत्रीय अस्थिरता निम्त्याउन सक्ने कुनै पनि कदम नचाल्न इरानलाई आग्रह गरे।

अमेरिकाले आइतबार इरानका फोर्दो, नताञ्ज र इस्फाहानस्थित तीन आणविक केन्द्रहरूलाई निसाना बनाउँदै ठूला आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणबाट इरानलाई ठूलो नोक्सानी पुगेको दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्