
पद्मश्री साहित्य पुरस्कार-२०८१ का लागि १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक भएको छ ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले आइतबार २०८१ सालमा प्रकाशित भएका साहित्यिक पुस्तकमध्येबाट एउटालाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्नका लागि सूची सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार प्रतिष्ठानमा २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएका थिए ।
ती मध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको उनले बताएका छन् ।
‘यो सूचीबाट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ’, लामिछानेले भनेका छन् ।
यस्तो छ उत्कृष्ट विस्तारित सूची:
१.अर्हत – उपन्यास, शैलेन्द्र अधिकारी
२.उरमाल – आख्यान, छुदेन काविमो
३.एउटा मायी नगरमा– कथा संग्रह, रमेश क्षितिज
४.छालबाटो – गैह्रआख्यान, रमेश भुसाल
५.प्रणाम सगरमाथा – नियात्रा, भवानी खतिवडा
६.प्रवासीको देश हुन्न – आख्यान, पंचम अधिकारी
७.पानीको परेड – कविता, दिनेश अधिकारी
८.बहुरुपी – कथासंग्रह, श्रेयज सुवेदी
९.रुदाने – उपन्यास, टंक चौलागाई
१०.स्व – उपन्यास, सरस्वती प्रतीक्षा
११.साँझमा सेल्फी – कविता, हेम प्रभास
१२.सावर्णि – उपन्यास, डा. श्रीधर खनाल
१३.सिमसारा – आख्यान, वसन्त बस्नेत
१४.श्री ५ को सेवामा – संस्मरण, हेमन्त मिश्र
१५.हिउँको गीत – उपन्यास, तीर्थ गुरुङ