१२ साउन २०८३, मंगलबार

वार्ताअघि अमेरिकाले थप आक्रमण नहुने कुरा सुनिश्चित गर्नुपर्ने इरानको शर्त

असार १६, २०८२
काठमाडौं
वार्ताअघि अमेरिकाले थप आक्रमण नहुने कुरा सुनिश्चित गर्नुपर्ने इरानको शर्त

इरानका उपविदेशमन्त्री माजिद तख्त-रावन्चीले फेरि वार्ता शुरू गर्ने भए अमेरिकाले थप आक्रमणको सम्भावनालाई स्पष्ट रूपमा अस्वीकार गर्नुपर्ने शर्त राखेका छन् । 

ट्रम्प प्रशासनले मध्यस्थकर्तामार्फत इरानलाई वार्तामा फर्कन आग्रह गरेपछि उनले यस्तो शर्त राखेका हुन् ।

तर, अमेरिकाले वार्ताको क्रममा थप आक्रमण नगर्ने महत्त्वपूर्ण मुद्दामा आफ्नो अडान अझै स्पष्ट पारेको छैन ।

इरानले युरेनियम संवर्धनमा 'जोड दिइरहने उनले बताए ।

उनले आणविक बम बनाउने तयारीको आरोपलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्