१३ असार २०८३, शनिबार

नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार

असार १७, २०८२
काठमाडौं
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ ।

एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो ।

आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको  उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्