१८ असार २०८३, बिहीबार

काल्पनिक विद्यालय खडा गरेर  ७ लाख ६० हजार हिनामिना, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार १९, २०८२
काठमाडौं
काल्पनिक विद्यालय खडा गरेर  ७ लाख ६० हजार हिनामिना, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पामा हुँदै  नभएको काल्पनिक विद्यालय देखाएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दयार गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनीहरूले आपसी मिलेमतोमा ७ लाख ६० हजार रुपैयाँको भ्रष्टाचार गरेको आयोगको अभियोग छ ।  २०६६/०६७ मा डोल्पाको साविक दुनै गाविस–२ र ३ मा अवस्थित नभएको ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’को नाममा विद्यालय भवन निर्माणको योजना पारिएको र त्यसअन्तर्गत रकम निकासा भएको पाइएको थियो ।

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यस स्थानमा कहिल्यै सञ्चालनमा नरहेको जिल्ला शिक्षा कार्यालय डोल्पाको पत्र र अख्तियारको प्राविधिक टोलीद्वारा संकलित स्थलगत तथ्यहरूले पुष्टि गरेको आयोगले जनाएको छ ।

उक्त विद्यालयको नाममा २ कोठे भवन निर्माणका लागि ७ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको थियो । तर, भवन नबनाइ नक्कली उपभोक्ता समिति बनाएर फर्जी कागजात तयार पारिएको र सोही आधारमा उक्त रकम बैंक खातामार्फत भुक्तानी लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले चारै जनालाई जनही ७ लाख ६० हजार बिगो कायम गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्