२८ जेठ २०८३, बिहीबार

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार २०, २०८२
काठमाडौं
रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहेका खोटाङे कलाकार मणि कुलुङ राईको कथा/निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।

नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिए । “नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमनजस्ता विषयलाई उजागर गर्नेछ । ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो”, उनले भने, “यो नाटक एउटा सरल खोजीको कथामात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झक्झक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।”

 मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’लाई रवीन तामाङले नाट्य रूपान्तरण गरेको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय/स्तुति रहने छ । 

salt training

कमेन्ट गर्नुहोस्