
शिकागोको नाइटक्लब बाहिर गोलीबारी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
राति ११ बजे क्लब नजिकैबाट एउटा गाढा रंगको कारमा आएका बन्दुकधारीले त्यहाँ उपस्थित मानिसहरूमाथि गोलीबारी गर्न गरेको सीबीएस न्यूजले जनाएको छ ।
समाचारअनुसार र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको थियो।
प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको जनाएको छ ।
गोलीबारीबाट घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगिएको छ।
अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।