१९ असार २०८३, शुक्रबार
कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दा

कर फर्स्यौट आयोगको बहुचर्चित भ्रष्टाचार मुद्दा फेरि विशेषमा पठाउन सर्वोच्चको आदेश

असार २४, २०८२
काठमाडौं
कर फर्स्यौट आयोगको बहुचर्चित भ्रष्टाचार मुद्दा फेरि विशेषमा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर फर्स्यौट आयोगको बहुचर्चित भ्रष्टाचार मुद्दा फेरि विशेष अदालतमा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतको फैसला बदर गर्दै मुद्दालाई फेरि विशेष अदालतमा पठाउन मंगलबार आदेश दिएको हो ।

त्यसैगरी, कारागारमा थुनामा रहेका महतले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । 

यसअघि विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध दायर भएको १० अर्बको कर फर्स्यौटमा राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी ठहर गरेको थियो ।

तर, सोही अदालतले शर्मालाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा भने सफाइ दिएको थियो ।

विशेष अदालतले कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य–सचिव चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा जनही ९ वर्ष कैद र ४ अर्ब १० करोड जरिवाना गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र शालिग्रामप्रसाद कोइरालाको इजलासले तीन जना पदाधिकारीलाई दोषी ठहर गरेको थियो ।

महतलाई ९ वर्ष एक महिना, ढकाल र शर्मालाई समान ९/९ वर्ष कैद सजाय निर्धारण गरिएको थियो । विशेषले ६ अर्ब १५ करोड रूपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना निर्धारण गरेकामा तीनै जनालाई बिगो र जरिवाना गरी जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रूपैयाँ तोकेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्