
वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाचौँ औपन्यासिक कृति सार्वजनिक भएको छ ।
उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्नै किसिमले लेखिएको उनको भनाइ छ ।
उपन्यासमा हिन्दूसमाजमा आदिम युगदेखि कायम रहेको मातृसत्तामाथि कहिलेदेखि पितृसत्ताले कब्जा जमायो र त्यसको कारण के हो भन्नेबारे सटीक विश्लेषण गरिएको छ ।
लेखक रिजालका अनुसार उपन्यासमा पाठकले समाजमा सताब्दीयौँदेखि विभिन्न बहानामा कायम रहँदै आएको बेथिति र वैमनस्यलाई हटाउँदै सुखी र समृद्धसमाज निर्माणको सूत्र फेला पार्नेछन् ।
उपन्यासले हिन्दूसंस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने प्रकाशक शिखाबुक्सका प्रबन्धनिर्देशक पुष्पराज पौडेलले बताए ।