०८ साउन २०८३, शुक्रबार

बाँकेमा १५ शय्याको लुम्बिनी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा

असार २६, २०८२
बुटवल
बाँकेमा १५ शय्याको लुम्बिनी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा

बाँकेमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा आएको छ । 

लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख रूपैयाँ बढीको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको हो । अस्पतालको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शय्यामा सीमित नराखी ५० शय्याको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे । 

मुख्यमन्त्री आचार्यले भने, ‘यसलाई १५ शय्यामा सीमित गर्नु हुँदैन । अविलम्ब आवश्यक पर्ने कागजात प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत् रूपमा ५० शय्याको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौं ।’ 

null

उपकरण र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए । 

‘यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले थपे । 

कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले अस्पतालको सेवा सुविधा विस्तार गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्