१४ असार २०८३, आइतबार

करिब २५ लाख घुससहित मालपोत कार्यालय भक्तपुरका प्रमुख पक्राउ

असार ३१, २०८२
काठमाडौं
करिब २५ लाख घुससहित मालपोत कार्यालय भक्तपुरका प्रमुख पक्राउ

मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य करिब २५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । 

जग्गासम्बन्धी कामको सिलसिलामा घुस मागेको उजुरीका आधारमा खटिएको आयोगको टोलीले उनलाई करिब २५ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता ‏‎राजेन्द्रकुमार पौडेलले लोकान्तरलाई जानकारी दिए । 'रकम साढे २४ देखि २५ लाख रुपैयाँसम्म हो भन्ने जानकारी आएको छ,' उनले लोकान्तरसँग भने ।

प्रवक्ता पौडेलका अनुसार कार्यालय सहयोगी टीकाराम राउतलाई पनि आयोगको टोलीले पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्