२२ असार २०८३, सोमबार

साउने संक्रान्ति– किसानको संस्कृति

असार ३२, २०८२
काठमाडौं
साउने संक्रान्ति– किसानको संस्कृति

पानी दर्कन्थ्यो, खोला बढ्दथ्यो, चट्याङ पर्दथ्यो ।

हलखेतालाहरू, छत्रिस्याखु ओढ्दै, रोपाइँ गर्दथे ।

स्कुलै बिदा, घरमै बस्ने, लामा थिए दिन ।

बाउआमा मेला, फुर्सद छैन, पकाउने बच्चा हुन् ।

लुतो फाल्ने, गोरु नुहाउने, बिसौली खाइन्थ्यो ।

संक्रान्तिमा खसी, काटेर खाई, रमाइलो गरिन्थ्यो ।

अर्मपर्म, परेली  गर्दै,  हिलो छाडिन्थ्यो ।

यही हर्षमा नै, रमाइलो गर्दै, दंग परिन्थ्यो ।

फुरौला सेल, मासुभात खाना, परिवार बसेर ।

रमाइलो गर्दै मनाउने हामी, हर्षले हाँसेर ।

साउने संक्रान्ति, बाँचेर मान्ने, किसानको हो चाड ।

पहाड हिमाल, तराई सबैको, अनौठो रिवाज ।

अहिलेको संक्रान्ति, उहिलेको संक्रान्तिमा धेरै नै फरक।

रमाइलो असार, कामपछि भोज,उत्सव अनेक ।

पहिला त वर्षा, समयमा हुन्थ्यो, भदौमा सर्दैनथ्यो ।

रोपाइँ सर, किसानले थकाइ मार्न, नि पाइन्थ्यो ।

अहिलेको चलन, के आयो कुन्नि, वर्षा नै गडबड ।

कहिले हिउँद, कहिले वर्षा, किसान नै अलमल ।

साउन बार्ने, हरियो लाउने, के आयो चलन।

अनेक भाँति, व्रत र कर्म अनौठो भनन ।

न हलोजुवा, न अनौ फाली, नत छ हलगोरु ।

ट्याक्टरको चलन, घन्टैको हजार, महँगो के गरुँ ।

सुनसान गाउँघर, युवा विदेश, साउन आएन।

असारे भाखा, रोपार हली, खेतमा रहेन । 

न बाँझो राखौं, न खेत रोपौं, गाउँलेलाई सकस ।

न मौसम ठेकान, न मल बिउ, समय राकस ।

बेसाहा खान, सस्तो पर्‍यो, के रोपाइँ गर्ने हो ।

आखिरमा हेर्दा, जसरी पनि, किसान मर्ने भो ।

के खानु मानो, कहाँको, मुरी उब्जाउनु ।

मरिमरि काम गर्नु र पनि पर्छ बेसाउनु ।

विज्ञान आयो, महंगो भयो, काम गर्न सजिलो  ।

हुनेलाई मज्जा, छिनमै रोपाइँ, प्रविधि भित्रियो ।

संक्रान्ति मनाउ, हाँसी र खुसी, रोपाइ सकेर।

हाम्रो नै राम्रो, खेती किसानी, गर्वले मानेर ।

salt training

कमेन्ट गर्नुहोस्