
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले बढेको छ ।
साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा कायम भएको हो ।
आज दिन बजारमा ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयरको खरिदबिक्री हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन आइतबार मात्रै परिसूचक ०.३२ अङ्कले बढेर २८७०.९५ को विन्दुमा बन्द भएको थियो ।
आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ७५ करोड ६६ लाख ४६ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
सोमबार बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ बढी रहेको छ ।