२९ जेठ २०८३, शुक्रबार

मदन पुरस्कार २०८१ का लागि सात पुस्तकको सूची सार्वजनिक

साउन ६, २०८२
काठमाडौं
मदन पुरस्कार २०८१ का लागि सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८१’ का लागि सात कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । 

गुठीले मंगलबार पुरस्कारका लागि छनौट भएका ७ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो :कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका छन् ।

पुरस्कारका लागि गुठीमा २९९ पुस्तक प्राप्त भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन् ।

यी सात पुस्तकमध्ये एक कृतिलाई वर्ष २०८१ को मदन पुरस्कार प्रदान गरिनेछ । 

मदन पुरस्कार गुठीले २०७२ देखि गुठीमा प्राप्त पुस्तकमध्येबाट बढीमा १० वटा पुस्तक छनौट गरी सूची सार्वजनिक गर्ने गरेको छ । २०७५ सालबाट पुरस्कार राशी चार लाख रूपैयाँ पुर्‍याइएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्