
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक नेता रेशम चौधरीले तीजको गीत गाएका छन् । चर्चित गायिका मञ्जु पौडेलसँग चौधरीले तीजको गीत गाएका हुन् ।
केही दिनमा रिलिज गर्ने गरी गीतको भिडियो समेत सुटिङ भएको छ । संगीतकारसमेत रहेका चौधरीले हार्मोनियम बजाएर गीतको भाका सुनाउँदै गरेको भिडियो क्लिप सार्वजनिक भएको छ ।
२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक थारू आन्दोलनपछि चौधरी भूमिगत बनेका थिए । पछि उनी प्रतिनिधिसभाको सांसद बने । फौजदारी अभियोगमा अदालतको आदेशले राजनीति गर्न नपाएपछि चौधरी फेरि गीत संगीतमा फर्किएका छन् ।
यसै क्रममा रेशमले चर्चित गायिका पौडेलसँग तीजको गीत गाएका हुन् । मौलिक शब्द राखिएको गीतका केही अंश यस्ता छन्–
कस्ता होलान् गाई भैँसी, कस्ती होली बाखरी ?
फुल पार्यो कि पारेन काली कुखुरी ?
–––
मान इज्जत राख्नु प्यारी गाको बेला माइतमा !
बेर भयो बोक पोको, हिन साइतमा !