२९ जेठ २०८३, शुक्रबार

बन्ने भयो पाँडेको नयाँ चलचित्र ‘झरीपछिको इन्द्रेणी’, बालेनले र्‍याप गाउने

साउन १५, २०८२
काठमाडौं
बन्ने भयो पाँडेको नयाँ चलचित्र ‘झरीपछिको इन्द्रेणी’, बालेनले र्‍याप गाउने
तस्वीर: दीपाश्री निरौला ।

हास्य व्यङ्ग्य क्षेत्रमा ख्याति कमाएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’को लेखन/निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरिएको छ ।

बिहीबार ललितपुरको धन्तेरी बाराही मन्दिरमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’को मुहूर्त गरिएको हो । चलचित्रमा दीपाश्री निरौला, प्रियना आचार्य ‘मुन्नी’, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहनेछ ।

शुभमुहूर्त समारोहमा काठमाडौं महानगरका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले समेत उपस्थित थिइन् । हास्य व्यङ्ग्य श्रृंखला भद्रगोल र सक्किगोनिमार्फत् चम्किएका पाँडे लगायतको टिमले यसअघि ‘लाज शरणम्’ नामको चलचित्र बनाएका थिए ।  

बिहीबार शुभमुहूर्त गरिएको चलचित्रमा रास्वपाका नेता गणेश कार्कीले गीत लेखेका छन् । पशुपति शिवजी इन्टरटेनमेन्टको व्यानरमा फिल्म बन्न लागेको हो । 

null

चलचित्रमा कथा कुमार ब्यन्जनकारको रहेको छ भने पटकथा गणेश कार्कीको रहेको छ । निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको एउटा र्‍याप गीत रहने छ ।

 

salt training

कमेन्ट गर्नुहोस्