०८ साउन २०८३, शुक्रबार

विश्वप्रकाशले पराजित भएपछि खिचे राम कार्कीसँग सेल्फी

मंसिर २४, २०७४
विश्वप्रकाशले पराजित भएपछि खिचे राम कार्कीसँग सेल्फी

काठमाडौं, २४ मंसिर - झापा क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले विजयी राम कार्कीलाई बधाई दिएका छन् । उनले विजयपछि कार्कीलाई बधाई तथा शुभकामना दिँदै हसिलो मुद्रामा सेल्फी फोटो समेत खिचेका छन् ।

उनले २०७० सालको चुनावमा पनि आफ्ना विजयी प्रतिस्पर्धीलाई आफै उपस्थित भएर बधाई दिएका थिए । शर्माले ३ हजार मतले कार्कीसँग चुनाव हारेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शर्माले माओवादी नेता कार्कीलाई बधाई दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्