
नेपाल चलचित्र कलाकार संघले महानायक राजेश हमाललाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको छ। संघको विधानअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तित्वलाई दिइने मानार्थ सदस्यता यसपटक हमाललाई प्रदान गरिएको हो।
शुक्रबार आयोजित कार्यक्रममा संघका अध्यक्ष मोहन निरौलाले हमाललाई मानार्थ सदस्यताको परिचयपत्र हस्तान्तरण गरे। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’, महासचिव सविन श्रेष्ठ तथा निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे पनि सहभागी थिए।