३१ असार २०८३, बुधबार

कांग्रेसले गर्यो मतगणना बहिस्कार, कर्मचारीले ‘बदमासी’ गरेको आरोप

मंसिर २४, २०७४
कांग्रेसले गर्यो मतगणना बहिस्कार, कर्मचारीले ‘बदमासी’ गरेको आरोप
फाइल तस्बिर

डोटी, २४ मंसिर– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना चलिरहँदा नेपाली कांग्रेसले डोटीमा मतगणना बहिस्कार गरेको छ । 

डोटीमा प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रको मतगणना भैरहेको स्थानबाट नेपाली काँग्रेसका प्रतिनिधि बाहिरिएका छन् । 
प्रदेश ‘ख’ को मतगणना भइरहँदा कांग्रेसको पक्षमा झरेका १ सय ५० मतको मुठ्ठालाई कागजमा मत परिणाम ईण्ट्री गर्दा कर्मचारीले १ सय मात्रै उल्लेख गरेको भेटिएपछि दलहरुबीच विवाद भई मतगणना रोकिएको थियो ।

जनताले गरेको मतदानमा कर्मचारीले गैर जिम्मेवारी गरेको काँग्रेस उम्मेदवार योगेन्द्र बहादुर शाहीले आरोप लगाएका छन् । डोटी प्रदेश ‘ख’का उम्मेदवार शाहीले कर्मचारीले बदमासी गरेको भन्दै कानूनी उपचारका लागी अगाडि बढ्ने पनि बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्