२६ जेठ २०८३, मंगलबार

बजाजको पहिलो ईभी ‘चेतक ३५०१’ स्कुटर नेपालमा, कति पर्छ मूल्य ?

साउन १९, २०८२
काठमाडौं
बजाजको पहिलो ईभी ‘चेतक ३५०१’ स्कुटर नेपालमा, कति पर्छ मूल्य ?

बजाजको पहिलो विद्युतीय स्कुटर ‘चेतक ३५०१’ नेपाली बजारमा आएको छ । बजाज अटो लिमिटेडले चेतक ३५०१ स्कुटरलाई नेपाली बजारमा भित्र्याएको हो ।​

​बजाजको पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ नेपालमा औपचारिक रूपमा सार्वजनिक भइसकेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो । 

फास्ट चार्जिङ टेक्नोलोजीले ३ घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिने चेतक ३५०१ मा ३.५ किलोवाट आवरको ब्याट्री रहेको छ । यस ब्याट्रीको सिंगल चार्जमा १५३ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।   

यस स्कुटरमा फुल–मेटल बडी, आईपी ६७ वाटर रेजिस्टेन्स, ३५ लिटरको ठूलो अन्डर सिट स्टोरेज, इन्टिग्रेटेड नेभिगेसन, म्युजिक कन्ट्रोल, टचस्क्रिन कन्सोल, जिओ–फेन्सिङ, एन्टी–थेफ्ट र एक्सिडेन्ट डिटेक्सनजस्ता फिचरहरू उपलब्ध छन् । 

null

स्कुटर नक्सालस्थित कस्टमर एक्सपेरियन्स जोनमा अवलोकन गर्न सकिन्छ र बुकिङका लागि विभिन्न डिलरमार्फत खुला गरिएको छ । 

१५३ रेन्ज रहेको बजाज चेतक ३५०१ को शुरूआती मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ राखिएको छ ।

साउन २१ गतेदेखि शुरू हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा पनि स्कुटरको प्रदर्शन गरिने जनाइएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्