३० जेठ २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको एमएन अस्पतालमा विशेष छुट

साउन १९, २०८२
काठमाडौं
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको एमएन अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको, वसुन्धरामा रहेको 'एमएन अस्पताल'सँग छुट सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौतापश्चात बैंकका ग्राहकले 'एमएन अस्पताल'बाट प्रदान हुने विभिन्न सेवामा छुट पाउने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार ​अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि आदिमा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ।

बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।

त्यसै गरी मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्