२९ जेठ २०८३, शुक्रबार

एनआईसी एसिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

साउन २०, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंक र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन प्रालि—फ्रन्टलाइन हस्पिटलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार समझदारीसँगै बैंकका ग्राहकले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank)एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।​

फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्